बागलुङमा सात सय ९८ जनामा डेंगी संक्रमण

काठमाडौँ, ९ असोज । बागलुङमा साउनयता सात सय ९८ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।

यो तथ्यांक जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेंगी परीक्षणको हो । बागलुङको धौलागिरि अस्पतालमा छ जना डेंगीका जटिल बिरामी उपचाररत छन् भने केही बिरामीहरु घरमै आराम गरिरहका छन् ।

स्वास्थ्य कार्यालय बागलुङमा परीक्षण गरिएकामा तीन सय ३८ जना र निजी प्रयोगशालामा गरिएको परीक्षणमा चार सय ६० जनामा डेंगी सङ्क्रमण देखिएको हो । डेंगी संक्रमण पछिल्लो हप्तामात्रै दोब्बरले वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए । डेंगीका सबैभन्दा बढी बिरामी धौलागिरि अस्पतालमा देखिएका छन् । अस्पतालमा अहिले ज्वरोका बिरामीले शय्या भरिएको छ । 

धौलागिरि अस्पतालको प्रयोगशालामा मात्रै दुई सय ३२ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । यस्तै गलकोट नगर अस्पतालमा ७६ जना, बुर्तिवाङ स्वास्थ्यचौकीमा २८ जना र कुश्मिसेरा प्राथमिक स्वास्थ्य चौकीमा दुई जनामा डेंगी पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्याले जानकारी दिए ।

जिल्ला सदरमुकाम बागलुङ बजारको सपना प्रयोशालामा एक सय, केसी प्रयोशालामा एक सय केयर डाइनेष्टिक प्रालिमा ७७, बागलुङ प्रयोगशालामा ५६, न्यूरो केयर क्ल्निकमा ५०, झरना मेडिकल प्रयोगशामा ३५, गोल्डेनगेट प्रयोशालामा २५, धौलागिरि प्रयोशालामा १० र सफल पोलिक्ल्निक प्रालिमा सात जनामा डेंगी सङ्क्रमण पुष्टि भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बरको

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पछाडि

काठमाडौँ, २० असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।