कोलम्बो, ६ असोज । श्रीलङ्कामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचनको मतदान भएको छ ।
मतदान सकिएको केही घण्टापछि नै देशभर कर्फ्यु लगाइएको छ । मुलुकमा शान्तिपूर्ण रुपमा मतदान भएपनि सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको अधिकारीहरूले जनाएका छन् ।
मतगणना भइरहेका बेला सुरक्षा अधिकारीहरू सडकमा गस्ती गरिरहेका देखिएका थिए । यो निर्वाचनलाई सरकारको अर्थतन्त्रको व्यवस्थापनमा जनमत संग्रहका रूपमा हेरिएको छ । प्राप्त तथ्याङ्कले मुलुकमा करिब ७० प्रतिशत मतदान भएको देखाएको छ । राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे समेत कीर्तिमानी ३८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।





