मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, ४ असोज । रौतहटमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय रौतहटका अनुसार कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा गएराति ७ बजे मधेस प्रदेश ०३–०२८ प ४९४१ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा कटहरिया नगरपालिका–९ डुमरियाका वर्ष २६ का रामजन्म पासवानको मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका पासवानको कटहरियामा उपचार सम्भव नभएपछि  थप उपचारको लागि प्रादेशिक अस्पताल  गौर पठाइएकोमा उपचारकै क्रममा  मृत्यु भएको  हो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई

काठमाडौँ, ५ असोज । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी

काठमाडौँ, ५ असोज । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस