मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

काठमाडौँ, २ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिन आग्रह गरेका छन् ।

आज ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए ।

मन्त्री पौडेलले अहिले कोही बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिएजस्तो देखिएको उनको टिप्पणी छ । उनले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको बताए । उनले निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको आरोप लगाए । 

अहिले कै अवस्था रहिरहे नेपालमा अबको २० वर्षभित्र ५० वर्षभन्दा माथिको संख्या बढी हुने उनको दाबी छ । खाद्य स्वास्थ्यको मुख्य विषय भए पनि स्वास्थ्यसँग जोड्न नसकिएको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले

काठमाडौँ, २२ कार्तिक । हुम्लाबाट एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका

काठमाडौँ, २२ कार्तिक । अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाडौँ प्रहरी परिसर