मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

काठमाडौँ, २ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिन आग्रह गरेका छन् ।

आज ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए ।

मन्त्री पौडेलले अहिले कोही बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिएजस्तो देखिएको उनको टिप्पणी छ । उनले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको बताए । उनले निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको आरोप लगाए । 

अहिले कै अवस्था रहिरहे नेपालमा अबको २० वर्षभित्र ५० वर्षभन्दा माथिको संख्या बढी हुने उनको दाबी छ । खाद्य स्वास्थ्यको मुख्य विषय भए पनि स्वास्थ्यसँग जोड्न नसकिएको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्

काठमाडौँ, ६ बैशाख । सरकारले आज र भोली देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागको पोषण शाखा

काठमाडौँ, ६ बैशाख । काभ्रेको रोशी खोलामा अस्थायी ‘डाइभर्सन’ बगाउँदा अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । कटुन्जेदेखि मंगलटार

काठमाडौँ, ६ बैशाख । सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार