सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने युवक पक्राउ

काठमाडौँ, १ असोज । सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने २१  वर्षीय ओम कुमार पटेललाई आज पक्राउ गरेको हो । 

फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर लगायतमा किङ अफ पारस भन्ने आइडी बनाएर हतियार प्रदर्शन गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पटेलले सामाजिक सञ्जालमा हतियार तरवार देखाएर भिडिओ राखेको र अपशब्द प्रयोग गरी गाली गरेका थिए ।

समाजमा द्वन्द सिर्जना हुने काम गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिका–८ खानीगाउँबाट पटका बिक्री वितरणमा संलग्न दुई पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ, २२ कार्तिक । बझाङमा १ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मष्टा गाउँपालिका–२ धनातोली बस्ने

काठमाडौँ, २२ कार्तिक । काठमाडौँबाट ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास