काठमाडौँ, १ असोज । काठमाडौँको सुन्धाराबाट बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर–११ घर भएर काठमाडौँ बस्ने धिरबहादुर शाहीलाई पक्राउ गरेको हो ।
४१ वर्षीय शाहीबिरुद्ध कालिकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । कालिकोट खाँडाचक्र नगरपालिका–११ घर भएका शाही २०८१ जेठ २८ मा पक्राउ पुर्जी जारी भएसँगै फरार थिए । उनलाई कानुनी कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले कालिकोटमा पठाएको छ ।





