अध्ययनकै लागि विदेश जाने अवस्था अन्त्य गर्नुपर्छः मन्त्री थापा

भक्तपुर, २९ भदौ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले नेपालबाट उच्च शिक्षा अध्ययनकै लागि विदेश जाने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सिवर्ड इन्टरनेशनल कलेजले भक्तपुरमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपालमा भौतिक संरचना, जनशक्तिको अभाव तथा कानुनी अड्चनका कारण स्वास्थ्य क्षेत्रमा अध्ययन गर्न विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी प्रदेश सरकारले विधेयक ल्याउने तयारीमा रहेको बताउनुभयो । विधेयकमा १०० बेडको अस्पताल सञ्चालन गरिरहेकाले स्टाफ नर्स तथा ३०० बेडको अस्पताल सञ्चालन गरिरहेकाले एमविविएस पढाउन पाउने गरी विधेयक बनाइएको जानकारी गराउनुभयो । नेपालमा अध्ययन गर्न नपाएकै कारण ठूलो मात्रामा रकम बाहिर जाने गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रादेशिक अस्पताले गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ । अस्पतालमा आवश्यक सामाग्री, भौतिक संरचना, औषधीको व्यवस्थापन गर्नुपर्छ । भक्तपुर अस्पतालमा विरामीको चाप बढिरहेको छ । त्यहाँ उपचार र अन्य कुराहरुमा लाईन बस्नु नपरोस् भनि अनलाईन टिकेटिङको व्यवस्था गरिसकेका छौं । भक्तपुरका अन्य सम्पूर्ण अस्पतालहरुको व्यवस्थापनको लागि स्थानीय तहका जनप्रतिनिधिसँग छलफलमा छौं । सहज र सुलभ उपचारको लागि अधिकतम उपायहरु खोजिरहेको छु । नेपालमा अध्ययन गर्नको लागि सिमित कोटा रहेको छ । त्यसमा विद्यार्थीको संख्या अत्याधिक बढि रहेको छ । जुन माग धान्न कठिन छ । त्यसको लागि प्रदेश सरकारले विधेयक ल्याई नेपालमा नै अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्नेछ । विधेयकले १०० बेडको अस्पतालले स्टाफ नर्स र ३०० बेडको अस्पतालले एमविविएस पढाउन पाउनेछन् । जसले गर्दा पढाईको लागि देश छाडेर विदेश जानुपर्ने बाध्यताको अन्त्य हुँदै जानेछ ।’

भक्तपुरलाई शिक्षा र स्वास्थ्य क्षेत्रको हबको रुपमा विकास गर्न सकिने उल्लेख गर्दै उहाँले चुनौतिलाई अवसरको रुपमा लिनुपर्ने धारणा राख्नुभयो । अध्ययन तथा रोजगारीको सिलशिलामा विदेश गएका कयौं युवाहरु विदेशमा अलपत्र परिरहेको बताउँदै नेपालमा नै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले विभिन्न शिर्षकमा रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु ल्याइरहेको बताउँदै उद्योग, कलकारखान, स्वरोजगाका कार्यक्रमहरु सञ्चालन गर्ने नीति आवश्यकता रहेको औंल्याउनुभयो । बागमती प्रदेश सरकारले उद्योग तथा स्वरोजगारका कार्यक्रम अगाडी बढाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको