चिकित्सा शिक्षा आयोगले एमबीबीएस नतिजाको त्रुटि सच्यायो

काठमाडौँ, १८ भदौ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस प्रवेश परीक्षाको नतिजामा भएको त्रुटि सच्याउँदै संशोधित नतिजा सार्वजनिक गरेको छ ।

समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम ‘टाइब्रेक’ का आधारमा कायम गर्नुपर्नेमा रोल नम्बरका आधारमा हुनु गएकाले सच्याएर सुधार गरिएको आयोगले जनाएको छ । शुक्रबार सार्वजनिक एमबीबीएसको नतिजामा प्राविधिक त्रुटि भएको आयोगले स्विकारेको छ ।

‘समान अंक ल्याउने उम्मेदवारहरूको योग्यताक्रम टाइब्रेकका आधारमा कायम हुनुपर्नेमा प्राविधिक त्रुटिका कारणले रोल नम्बरका आधारमा प्रकाशित हुन गएकाले यसअघि प्रकाशित नतिजालाई आयोगको अभिलेखअनुसार संशोधन गरी चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको संयुक्त बैठकको निर्णयअनुसार टाइब्रेकका आधारसमेत संलग्न गरी प्रकाशित गरिएको छ,’ आयोगका उपसचिव धनबहादुर श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ ।

परीक्षार्थीले समान अंक प्राप्त गर्दा क्रमशः बायोलोजी, केमेस्ट्री, फिजिक्स र गणितमा प्राप्त अंकका आधारमा मेरिट कायम हुनुपर्नेमा रोल नम्बरका आधारमा सूची प्रकाशित भएको थियो । परीक्षार्थीले परीक्षाको विश्वसनीयता र प्रश्नपत्रमा प्रश्न उठाएपछि इच्छुक विद्यार्थीलाई उत्तरपुस्तिका र ओएमआर सिटसमेत हेर्न दिने निर्णय आयोगले गरेको उपाध्यक्ष अञ्जनीकुमार झाले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने

काठमाडौँ, ११ कार्तिक । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार धनुषाको नगराइन

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु