चिकित्सा शिक्षा आयोगले एमबीबीएस नतिजाको त्रुटि सच्यायो

काठमाडौँ, १८ भदौ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस प्रवेश परीक्षाको नतिजामा भएको त्रुटि सच्याउँदै संशोधित नतिजा सार्वजनिक गरेको छ ।

समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम ‘टाइब्रेक’ का आधारमा कायम गर्नुपर्नेमा रोल नम्बरका आधारमा हुनु गएकाले सच्याएर सुधार गरिएको आयोगले जनाएको छ । शुक्रबार सार्वजनिक एमबीबीएसको नतिजामा प्राविधिक त्रुटि भएको आयोगले स्विकारेको छ ।

‘समान अंक ल्याउने उम्मेदवारहरूको योग्यताक्रम टाइब्रेकका आधारमा कायम हुनुपर्नेमा प्राविधिक त्रुटिका कारणले रोल नम्बरका आधारमा प्रकाशित हुन गएकाले यसअघि प्रकाशित नतिजालाई आयोगको अभिलेखअनुसार संशोधन गरी चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको संयुक्त बैठकको निर्णयअनुसार टाइब्रेकका आधारसमेत संलग्न गरी प्रकाशित गरिएको छ,’ आयोगका उपसचिव धनबहादुर श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ ।

परीक्षार्थीले समान अंक प्राप्त गर्दा क्रमशः बायोलोजी, केमेस्ट्री, फिजिक्स र गणितमा प्राप्त अंकका आधारमा मेरिट कायम हुनुपर्नेमा रोल नम्बरका आधारमा सूची प्रकाशित भएको थियो । परीक्षार्थीले परीक्षाको विश्वसनीयता र प्रश्नपत्रमा प्रश्न उठाएपछि इच्छुक विद्यार्थीलाई उत्तरपुस्तिका र ओएमआर सिटसमेत हेर्न दिने निर्णय आयोगले गरेको उपाध्यक्ष अञ्जनीकुमार झाले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि