मुस्ताङको थासाङमा फेरि हिउँपहिरो

काठमाडौँ, १२ भदौ । धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट आज साँझ फेरि हिउँपहिरो खसेको छ । 

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ  ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्षसमेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सिखोला पूर्णरूपमा थुनिएको बताए । 

उनका अनुसार यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो । मंगलबारको हिउँपहिरो बोक्सिखोलाको नजिकै धेरै तलसम्म आएको छ । हिउँपहिरोले बोक्सिखोला पूर्णरूपमा थुनिएकाले सतर्कता अपनाइएको छ । बोक्सिखोला कालीगण्डकीको सहायक नदी हो । मंगलबार साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सिखोलामा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण