जर्मनीले मङ्कीपक्स प्रभावित अफ्रिकी देशमा खोप सहयोग गर्ने

एजेन्सी, ११ भदौ । जर्मनीले मङ्कीपक्सबाट पीडित अफ्रिकाका देशहरूलाई एक लाख एमपोक्स खोप दिने भएको छ ।

सैन्य स्टकहरूबाट खोप आउने र छिटै मङ्कीपक्सबाट प्रभावित अफ्रिकाका देशहरुलाई उपलब्ध गराइने जर्मनी सरकारले जनाएको छ । अफ्रिकी महादेशमा मङ्कीपक्स नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको ऐक्यबद्धतामा समर्थन गर्ने उद्देश्यले जर्मनीले खोप अनुदान दिन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

जर्मनीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई वित्तीय सहयोग प्रदान गर्नुका साथै गाभी भ्याक्सिन अलायन्समार्फत अफ्रिकामा साझेदारहरूलाई सहयोग गरिरहेको सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेटले बताउनुभएको छ ।

डब्ल्यूएचओले कङ्गोबाट अन्य अफ्रिकी राष्ट्रहरूमा मङ्कीपक्स सङ्क्रमण बढ्न थालेपछि  विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेर खोपको उत्पादन र साझेदारीका लागि अन्तर्राष्ट्रियस्तरमा आह्वान गरेको थियो । यसअघि फ्रान्स, अमेरिका लगायतका केही युरोपेली राष्ट्रले खोप उपलब्ध गराउने प्रतिबद्धता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ४ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २१ सय रुपैयाँले

काठमाडौँ, ४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate