स्वास्थ्य सेवाको प्रभाकारिता बढाउन समय थपेर पनि चिकित्सकले काम गर्नुपर्छ: मन्त्री पौडेल

काठमाडौँ, १० भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको लाइन कम हुने गरी काम गर्न चिकित्सकलाई काम गर्न आग्रह गरेका छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले आफूसँग भएको स्रोत र साधनको प्रयोग गरी स्वास्थ्य सेवाको प्रभाकारिता बढाउन समय थपेर पनि चिकित्सकले काम गर्नुपर्ने बताए । मन्त्री पौडेलले उपचारका लागि आउनेहरूको लाइन घटाउन प्रणालीगत सुधार आवश्यक रहेको बताए । यस्तै उनले टोकन प्रणाली लागू गरे पनि लगत तरिका प्रयोग गरिएको बताए । 

दिनको एक घण्टा टोकन खोलेर सेवाग्राहीलाई सोही टोकनमा समयमा उपलब्ध गराउन मन्त्री पौडेलले जोड दिए । ‘मैले सुनेको एकै पटक मुठ्ठीभर टोकन लिएर जाने रे, अनि चिया पसलमा बसेकालाई दिने चालन रहेछ,’ उनले भने, ‘त्यसैले यो टोकन सिस्टम व्यवस्थित गर्नुपर्‍यो ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असार । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

काठमाडौँ, ६ असार । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेता पाण्डेले देशको भूराजनीति निकै सङ्कटमा परेको र त्यसको मुख्य

काठमाडौँ, ६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौँमा

चितवन, ६ असार । रत्ननगर नगरपालिका–१४ पिठुवामा कोरियन लगानीको कम्पनी एसवाई प्यानलद्वारा करिब ६० करोड रुपैयाँको लागतमा दुई नयाँ उद्योगको