स्वास्थ्य सेवाको प्रभाकारिता बढाउन समय थपेर पनि चिकित्सकले काम गर्नुपर्छ: मन्त्री पौडेल

काठमाडौँ, १० भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको लाइन कम हुने गरी काम गर्न चिकित्सकलाई काम गर्न आग्रह गरेका छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले आफूसँग भएको स्रोत र साधनको प्रयोग गरी स्वास्थ्य सेवाको प्रभाकारिता बढाउन समय थपेर पनि चिकित्सकले काम गर्नुपर्ने बताए । मन्त्री पौडेलले उपचारका लागि आउनेहरूको लाइन घटाउन प्रणालीगत सुधार आवश्यक रहेको बताए । यस्तै उनले टोकन प्रणाली लागू गरे पनि लगत तरिका प्रयोग गरिएको बताए । 

दिनको एक घण्टा टोकन खोलेर सेवाग्राहीलाई सोही टोकनमा समयमा उपलब्ध गराउन मन्त्री पौडेलले जोड दिए । ‘मैले सुनेको एकै पटक मुठ्ठीभर टोकन लिएर जाने रे, अनि चिया पसलमा बसेकालाई दिने चालन रहेछ,’ उनले भने, ‘त्यसैले यो टोकन सिस्टम व्यवस्थित गर्नुपर्‍यो ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण