नेपालमा हैजा संक्रमितको संख्या ६७ पुग्यो

काठमाडौँ, ९ भदौ । नेपालमा सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

२३ अगष्टसम्म ६ जिल्लाका ६७ जनामा हैजा पुष्टि भएको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।

पछिल्लोपटक २१ अगष्टमा मकवानपुरमा पनि दुईजनामा हैजा पुष्टि भएको छ । ललितपुरमा सबैभन्दा धेरै ४७ जना संक्रमित भएका छन् । काठमाडौँमा ९, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको  छ ।

संक्रमित हुनेमा ३० जना महिला र ३७ पुरुष छन् ।  १४ वर्षमुनिका ९ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १० हजार

काठमाडौँ, २७ जेठ ।औद्योगिक क्षेत्रमा वर्षौंदेखि जरा गाडेर बसेको बेथिति र राजनीतिक ‘सेटिङ’ विरुद्ध उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी

काठमाडौँ, २७ जेठ ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताउनु भएको छ । बुधबार प्रतिनिधि सभाको अर्थ

काठमाडौँ, २७ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।