आजको राशिफल

काठमाडौँ, ८ भदौ । आज २०८१ साल भदौ ८ गते शनिबारको राशिफल ।  

मेष : आज तपाईंको योजना बनाउने दिन हो। शुभ समाचार सुन्न पाउँदा मन शान्त हुनेछ। धेरै अवसर प्राप्त हुनेछन्। संघ संस्थाको तर्फबाट साथ मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारको साथले काम सहजै बन्नेछ।

वृष : कमाउने र धन बढाउने दिन छ। तपाईंको पक्षका साथी विपक्षी कित्तामा पुग्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। स्वदेशमा रोजगारीको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ। सामाजिक क्षेत्रमा भने झन्झट हुनसक्छ।

मिथुन : प्राविधिक कठिनाइले काममा अवरोध हुनेछ। समाजमा तपाईंको प्रशंसा हुने योग छ। सामाजिक संघ संस्थाको तर्फबाट सम्मान मिल्नेछ। रोजगारीको क्षेत्रमा श्रमको उचित मूल्य प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : विश्वास गरेका मान्छे नै तपाईंको विरोधमा देखिने छन्। धन आर्जनको अवसर मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। भूमि कारोबारमा नाफा हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सामाजिक क्षेत्रमा पद प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। न्यायिक क्षेत्रमा सफलता मिल्ने योग छ। परिवारसँगको सम्बन्ध दरिलो बन्नेछ।

कन्या : अरुलाई प्रभावित पारेर आफ्नो काम गर्ने समय छ। व्यापार व्यावसायमा नाफा हुने योग छ। स्वास्थ्य क्षेत्रको लगानीबाट उल्लेख्य लाभ प्राप्त हुनेछ। परिवारसँगको सहकार्यले मन उत्साहित हुँदा दिन सहजै बित्नेछ।

तुला : नयाँ कामको सुरुवात हुनेछ। आफन्तसँगको भेटले मन खुशी हुने दिन छ। आफ्नो क्षेत्रमा अधिकार जमाएर बस्ने योग छ। परिवारसँग मेलमिलाप हुनेछ। परिवारसँग बसेर रमाइलो गर्दै मिठो खाने अवसर प्राप्त हुनेछ।

वृश्चिक : पूर्व योजनामा अवरोध हुनसक्छ। सोचेको जस्तै गरी काम अगाडि नबढ्ने जोखिम छ। झन्झटिला काम थपिएर मन अशान्त हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त हुनेछ।

धनु : शुभ समाचार सुन्न पाइनेछ। लवैदेशिक क्षेत्रमा लगानी गरेको भए उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारले रचनात्मक साथ र सहयोग गर्ने योग छ।

मकर : जोखिमपूर्ण कार्य गरेर आम्दानी गर्ने योग छ। धनको पछि लाग्नाले संस्कार र सदाचारका मान्यता ओझेलमा पर्नेछन्। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : चाँडो रिस उठ्ने भएकाले बोल्दा सचेत बन्नु राम्रो हुनेछ। बिहानै धार्मिक कार्यमा सहभागी भएर शिवको भक्ति गरेमा दिन सहज बन्नेछ। सोचेको काम बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आज ठुलो लगानी नगर्नु राम्रो हुनेछ। जतिसुकै काम गरे पनि तपाईंको प्रशंसा हुँदैन। कमाएको सानो अंश दान गरेमा परिवारमा भने मेलमिलाप हुनेछ। खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । प्रधामन्त्री बालेन शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । आज सभापति रवि