काठमाडौँ, २० साउन । ताप्लेजुङमा आज भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ बजेर ४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको हो ।
यसअघि, यही साउन १२ गते ताप्लेजुङकै खेन्जिम आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।