डेंगी र स्क्रब टाइफसका बिरामी बढे

काठमाडौँ, १९ साउन । बागलुङ जिल्लामा साउनयता २६ जनामा डेंगी  पुष्टि भएको छ । डेंगी पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेका अनुसार बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेंगी र स्क्रब टाइफसको उच्च जोखिममा रहेको छ । 

साउनमा जिल्लाभर २६ जनामा डेंगी पुष्टि भएकामध्ये गलकोटमा मात्रै २४ जना बिरामी छन् । दुईजनाको धौलागिरि अस्पतालमा सङ्क्रमण पुष्टि भएको थियो । 

गलकोट डेंगी मात्रै हैन स्क्रब टाइफसको समेत उच्च जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्य निरीक्षक घिमिरेका अनुसार अहिले गलकोट नगर अस्पतालमा एक दर्जन डेंगी र स्क्रब टाइफसका बिरामी उपचाररत छन् भने दैनिक चारदेखि पाँच जनामा डेंगी र स्क्रब टाइफस पुष्टि भइरहेको छ । गलकोटमा गत असारदेखि हालसम्म ४१ जनामा डेंगी पुष्टि भइसकेको र साउनमा मात्रै गलकोटभित्र १७ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा