इजरायलद्वारा यमनमा आक्रमण

तेल अभिभ, ६ साउन । हुथी विद्रोहीहरूले हमला गरेको एक दिनपछि इजरायलले यमनमा हमला गरेको हो । हुथी विद्रोहीको नियन्त्रणमा रहेको हुदैदाह बन्दरगाहमा जवाफी हमला गरिएको समाचारमा उल्लेख छ । 

 यो बन्दरगाह लाल सागरमा छ । हुथी विद्रोहीसँग जोडिएको मिडिया आउटलेटका अनुसार यो हमलामा तीन जनाको मृत्यु भएको छ भने ८० जनाभन्दा धेरै घाइते भएका छन् । यो यमन विरुद्ध इजरायलको बर्बर हमला भएको हुथी अधिकारी मोहम्मद अब्दुल सलामले भनेका छन् ।

यो आक्रमणमार्फत आफ्नो देशले हुथी आन्दोलनकारीहरूलाई सन्देश दिन चाहेको इजरायली रक्षामन्त्री योआव ग्यालेन्टले भनेका छन् । यो हमला हुथी विद्रोहीमाथि दबाब सृजना गर्न गरिएको बताइएको छ ।

 हुथीले गाजामा प्यालेष्टाइनीहरूलाई समर्थन गरिरहेका छन् । यो समर्थन बन्द गराउन पनि यो आक्रमण भएको बताइएको छ । गएको केही महीनामा हुथी विद्रोहीहरूले सयौं मिसाइल प्रहार गरेका छन् भने ड्रोनबाट पनि हमला भएका छन् । इजरायलीहरूले समुद्र तट नजिक रहेको तेल भन्डारण र त्यसको सामु रहेको ऊर्जा केन्द्रमा पनि हमला गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले