गुल्मीमा ८ हजार बढी सवारीसाधन कारबाहीमा

काठमाडौँ, ६ साउन । गुल्मीमा ८ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका अनुसार एक वर्षको अवधिमा ८ हजार ४२४ सवारी साधनलाई कारबाही गरिएको हो ।

कारबाहीबाट ५१ लाख २५ हजार ५०० रुपैयाँ राजस्व सकलन भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यो १२ लाख कम हो । अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा ६३ लाख १४ हजार राजस्व संकलन भएको थियो भने १० हजार ९६ सवारी साधन कारबाहीमा परेका थिए ।

ट्राफिक प्रहरीले मालबाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनीहरुलाई कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्