सर्पदंशबाट एक किशोरीको मृत्यु 

काठमाडौँ, ३ साउन । दाङमा सर्पदंशबाट एक किशोरीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–१ कटबेरुवाकी १६ वर्षीया सुस्मिता रोकाको मृत्यु भएको हो । 

रोकालाई आफ्नै घरको सुत्ने कोठामा सुतिरहेको समयमा बुधबार बेलुकीपख दाहिने हातमा विषालु सर्पले डसेको थियो । त्यसपछि उनलाई उपचारका लागि गढवा स्वास्थ्य उपशाखाको सर्पदंश केन्द्रमा उपचारका लागि पुर्‍याइएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भनेर राति ९ बजेतिर घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

पोखरा, ९ भदौ ।  गण्डकी प्रदेश सरकारबाट नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । केही बेर अघि बसेको

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका