एक महिनाभित्र जनताले अनुभूति गर्ने काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनतालाई अनुभूति हुनेगरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । 

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा  प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराए । ६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउने र एक वर्ष भित्र इन्डिकेटरको हिसाबले पनि देखिने गरी परिणाममुखी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

विकास, निर्माणको काम, उत्पादन वृद्धिको काममा आपसी समन्वय गरेर अघि बढ्न पनि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई ओली निर्देशन दिएका थिए । सरकारलाई असफल हुने छुट नभएकाले त्यो अनुसार आपसी समन्वय गरेर काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका–९, देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर एक १४ वर्षीया बालिकाको मृत्यु भएको

काठमाडौँ, ४ असार । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ । प्रहरी चौकी मिर्जापुरबाट खटिएको

काठमाडौँ, ४ असार । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति

काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।