८ जना जुवाडे पक्राउ

काठमाडौँ, ३० असार । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँको चन्द्रागिरी नगरपालिका-५ स्थित यातायात कार्यालय नजिक बस्ने ४२ वर्षीय प्रकाश पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेल समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय ४५ रूपैयाँ र १ सय ६० पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ । भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद

काठमाडौँ, २५ भदौ । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध

काठमाडौँ, २५ भदौ । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, २५ भदौ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना