आजको राशिफल

काठमाडौँ, ३० असार । आज २०८१ साल असार ३० गते आइतबारको राशिफल ।  

मेष : दिन राम्रो छ। कृषि क्षेत्रबाट नाफा हुनेछ। काम गर्ने जोस बढ्नेछ। साथीले सहयोग गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। काम गर्नु अगाडि आफन्तबाट सचेत बन्नुपर्ने दिन छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

वृष : साथीसँग रमाइलो भेट हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुने योग छ। नयाँ कामको सुरुवात हुनेछ। दाजुभाइसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिमा चासो बढ्नेछ। परिवारको तर्फबाट सहयोग मिल्नेछ।

मिथुन : धार्मिक कार्यमा सहभागी बनेमा दिन सफल बन्नेछ। धर्ममा सहभागी हुँदा मन शान्त हुनेछ। संघर्षको फल प्राप्त हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आफन्त नै विरोधमा उत्रने दिन छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ। लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा तपाईंको विरोध हुनेछ। परिवारको सुझावमा अगाडि बढ्नु राम्रो हुनेछ।

सिंह : साथीले सहयोग गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। काम गर्नु अगाडि आफन्तबाट सचेत बन्नुपर्ने दिन छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। लगानीले उत्साह थपिने छ।

कन्या : दैनिकी राम्रो छ। महत्त्वपूर्ण निर्णय गर्नुपर्ने दिन छ। यो निर्णयले व्यापारमा उत्साह बढ्नेछ। शुभकार्यमा सहभागी हुने योग छ। लगानीबाट फाइदा हुनेछ। परिवारबाट सकारात्मक सहयोग मिल्नेछ। श्रमको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुला : धेरै समय राजनीतिक संगठनमा बित्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। व्यापार गर्ने भए कृषिको क्षेत्रमा राम्रो आम्दानी हुनेछ। बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

वृश्चिक : यात्रामा खर्च बढ्ने दिन छ। लगानी गर्नुभन्दा भएको जोगाउनुपर्ने समय छ। अनावश्यक घुमफिर भन्दा निजी काम गर्ने दिन हो। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको सल्लाह लिएर काम गर्नु राम्रो हुनेछ।

धनु : आफ्नो क्षमता प्रदर्शन गर्ने दिन छ। कुनै प्रतियोगितामा सहभागी भए सफल बन्ने दिन छ। असम्भव लागेका कामहरु सम्भव हुनेछन्। प्रेममा सफलता मिल्नेछ।

मकर : शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। समस्या बिर्सिएर अगाडि बढ्ने दिन छ। विशेष व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। नयाँ संगतले राम्रो काम बन्नेछ। परिवारसँगको सम्बन्ध उत्साहजनक हुनेछ।

कुम्भ : समस्यासँग जुधेर सफलता मिल्नेछ। तपाईंको श्रमको मूल्यमाथि अर्कोले हस्तक्षेप गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। वैदेशिक लगानीबाट भने लाभ हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा दिन सहज हुनेछ।

मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। आफ्नो आस्थाविरुद्ध अर्कोले बोलेको सुन्नुपर्ने हुनसक्छ। सहयोगी साथीले कुरा काट्नेछन्। अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । भोली (आइतबार) परेको महाशिवरात्रि पर्व तयारी पूरा भएको छ । ट्राफिक प्रहरीले उक्त पर्वको अवसरमा हुने

काठमाडौँ, २ फागुन । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार कोञ्जोसोम

काठमाडौँ, २ फागुन । पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराती अन्दाजी

काठमाडौँ, २ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।