काठमाडौँ, २८ असार । मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट खसेको ढुंगाले लागेर बस चालकको मृत्यु भएको छ ।
बुटवलबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । लु २ ख ६५६६ नम्बरको बसका चालकलाई माथिबाट खसेको ढुंगाले लागेको थियो ।
ढुंगाले लागेर घाइते भएका चालक मेघनाथ विकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।