नेप्से परिसूचक १५.७९ अंकले बढ्यो

काठमाडौँ, २५ असार । आज नेप्से परिसूचक १५.७९ अंक (०.७३ प्रतिशत) ले बढेको छ ।

आजको कारोबारपछि नेप्से परिसूचक २१५२ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५३ करोडको भयो ।

कुल १६८ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने १० को स्थिर रह्यो । समूहगत रुपमा बैंकिङ ६, विकास बैंक १०९, हाइड्रोपावर १३, जीवन बीमा २७, माइक्रोफाइनान्स १४२, निर्जीवन बीमा ४८, अन्य १० अंक बढे । त्यस्तै फाइनान्स ३, होटल तथा पर्यटन १५, उत्पादन ३५ र व्यापार समूह ९ अंक घटे ।

गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बुद्धभूमि हाइड्रोपावरको ९.९, युनिक नेपाल लघुवित्तको ९.७, सबैको लघुवित्तको ९.१, महिला लघुवित्तको ८.८, सपोर्ट माइक्रोफाइनान्सको ८.७ तथा जाल्पा लघुवित्तको ८.२ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको