जुनयता डेंगु संक्रमण बढ्यो

काठमाडौँ, २५ असार । सन् २०२४ को जुलाईका सात दिनमा देशभर ७१ जना डेंगु  संक्रमित थपिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जुनयता संक्रमण बढेको हो । जुनमा सबैभन्दा धेरै ३१७ संक्रमित थपिएका छन् । त्यसअघिका महिनामा संक्रमितको संख्या तीन सय कटेको थिएन । जनवरीयता ७ जुलाईसम्म देशभर एक हजार ४८३ जनामा डेंगु  संक्रमण पुष्टि भएको छ । 

यस वर्ष (सन् २०२४)मा डेंगु  संक्रमण ७३ जिल्लामा फैलिएको छ । जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५०५ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौँमा सबैभन्दा धेरै १६५ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, झापामा १२३, चितवनमा ८३, मकवानपुरमा ६५, तनहुँमा ५२, ओखलढुंगामा ५० जनामा डेंगु पुष्टि भएको छ ।  यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगु  देखिएको ईडीसीडीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास

काठमाडौँ, १५ वैशाख । तयारी सकिएको तथा मनपरी योजना राखिएको भन्दै राष्ट्रिय योजना आयोगले आयोजना बैंक खाली गरेर पुनः प्रविष्टि

काठमाडौँ, १५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप