कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

काठमाडौँ, २५ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ ।

स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीले वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख एक हजार दुई सय ८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार दुई सय मात्रा खोप ल्याएको जानकारी दिइन् ।

यही असार १६ गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार १७ गते दुई लाख ७० हजार सात सय २० मात्रा, असार १८ गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार २० गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार २१ गते दुई लाख ७० हजार सात सय २० मात्रा र असार २३ गते दुई लाख ३० हजार चार सय मात्रा खोप नेपाल आएको हो ।

खोप ग्लोबल एलायन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन (गाभी) बाट अनुदानमा ल्याइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पाल्पा, २१ मंसिर । पाल्पाका दुई पालिकाले संयुक्त रूपमा आयोजना गरेको सुन्तला महोत्सवका लागि स्थानीय बिदा दिएका छन् । भोलि र

जनकपुरधाम, २१ मंसिर । धनुषामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको विदेह नगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया

बागलुङ, २१ मंसिर । काठेखोला गाउँपालिका–५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ । पानीको मुहान सुक्दै गएपछि घोडाबाँधे, रिजालचोक,

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीमा १ हजार २ सयभन्दा बढी संख्यामा नयाँ भर्ना खुलेको छ । जनपद प्रहरी समूहतर्फ