सर्वोच्चद्वारा फणिन्द्र देवकोटालाई प्रदेश सांसदका रुपमा काम गर्न दिन आदेश

काठमाडौँ, १० असार । सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।

यो आदेशसँगै देवकोटाले गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न पाउनेछन् । ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । माओवादीले गरेको कारबाहीको सूचना सभामुख कृष्ण धितालले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका थिए ।

देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गर्दै आएका थिए । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा २ (१) बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलनस्थलमा

काठमाडौँ, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्नका लागिमात्रै सरकार नबनेको बताएका छन् । आज काठमाडौँमा भएको एक

काठमाडौँ, १५ बैशाख । मन्त्रिपरिषद्को बैठक आज अपराह्न पाँच बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा शिक्षक आन्दोलन, गभर्नर