नेप्से ३.२१ अंकले बढ्यो

काठमाडौँ, १० असार । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक ३.२१ अंकले बढेको छ । नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर सोमबार २०६६.१६ विन्दुमा बन्द भएको छ ।

यसदिन पाँच अर्ब सात करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यो मूल्यमा एक करोड सात लाख सात हजार ८७८ कित्ता सेयर किनबेच भएको छ । १४२ कम्पनीको सेयर मूल्य बढेको छ । ९४ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको भने स्थिर छ ।

नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सर्वाधिक गुमाउनेमा बुद्धभूमि लघुवित्तको सेयर मूल्य ७.०१ प्रतिशतले घटेको छ । १३ उपसमूहमध्ये ६ वटाको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।



प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्