जंगली च्याउ खाँदा एकको मृत्यु

काठमाडौँ, ९ असार । मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–७, दुगुवाङमा जंगली च्याउ खाएर गम्भीर बिरामी परेका एक जनाको मृत्यु भएको हो ।

वडा अध्यक्ष रामबहादुर प्रजाका अनुसार जंगली च्याउ खाएर बिराम भएका दलबहादुर प्रजाको मृत्यु भएको हो । च्याउ खाँदा गम्भीर बिरामी भएका ५५ वर्षीय प्रजाको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको वडा अध्यक्ष प्रजाले बताए ।

आइतबार बिहान ६ बजेको समयमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा प्रजासहित परिवारका ५ जना बिरामी परेका थिए । जंगली च्याउ खाएर बिरामी परेका ५ जनालाई उपचारका लागि चितवन लगिएको थियो । उपचारको क्रममा प्रजाको मृत्यु भएको र अन्यको उपचार भइरहेको वडा अध्यक्ष प्रजाले बताए । जंगली च्याउ खाँदा ४५ वर्षीया जालीमाया प्रजा, १५ वर्षीया रेन्जु प्रजा, ८ वर्षीया सविना प्रजा र १० वर्षीय सुसन प्रजा बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर