काठमाडौँ, ९ असार । नेपालमा डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्ला ४ दिनमा देशभर २० जनामा डेंगु संक्रमण देखिएको हो ।
देशभरका ७७ जिल्लामध्ये ७२ जिल्लाका १२ सय ६८ जनामा डेंगु संक्रमित देखिएको छ । असार ५ गते १२ सय ४१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जुन २३ सम्म देशभरका १२ सय ६८ जनामा डेंगु पुष्टि भएको छ ।