अमेरिकमा बर्ड फ्लू तीव्ररूपमा फैलियो

एजेन्सी, ५ असार । बर्ड फ्लूको महामारीबाट बच्न विश्व समुदाय तयार नभएको उल्लेखसहित एक प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा हुने महामारीबाट बच्नका लागि संसार तयार नभएको प्रतिवेदनले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिकाभर फार्महरूमा गाईवस्तु र केही मानवलगायत स्तनधारी जनावरमा बर्ड फ्लू तीव्ररूपमा फैलिरहेकोले  निकट भविष्यमा यो रोगले महामारी फैलाउन सक्ने अनुमान गरिएको छ । कोभिड–१९ महामारीको प्रारम्भको चार वर्षभन्दा धेरै समय भइसक्दा पनि ठुलो र बलियो अर्थतन्त्र भएका देशले प्रकोपको पुनरावृत्तिबाट बच्नका लागि पर्याप्त लगानी र  प्रयास नगरेको प्रतिवदेनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनमा सहभागी न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले वर्ड फ्लुको भाइरस  कोभिडभन्दा पनि धेरै विनाशकारी हुनसक्ने चेतावनी दिनुभएको छ । उहाँले विश्व समुदायले प्रकोप फैलिनुअघि रोक्न पर्याप्त मात्रामा प्रयास नगरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । प्रतिवेदनको नेतृत्व क्लार्क र लाइबेरियाका पूर्वराष्ट्रपति एलेन जोनसन सिरलिफले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३१ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange

काठमाडौँ, ३१ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ, ३१ बैशाख । आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । राज्यका तर्फबाट