शोभा पाठक पक्राउ

काठमाडौँ, २८ जेठ । धादिङकी शोभा पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई आज ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् ।

पछिल्लोसमय एकपछि अर्को भीआइपीसँग नाम जोडिदै आएकी शोभाको वास्तविक नाम हो जानुका । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका– ७ निवासी जानुका पाठक उर्फ ‘शोभा’ ३१ वर्षीया शोभाले हालसम्म चौथोपटकसम्म बिहे गरिसकेको पाइएको छ । उनले आफ्नो लाभकै लागि विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गरेर ‘हनि ट्रयाप’मा पार्ने गरेको विभिन्न प्रमाणले देखाएको छ ।

शोभाले विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्मीसहित विशिष्ट व्यक्तिहरुसँगको सम्बन्ध सार्वजनिक गर्दै आएको पाइएको छ । विभिन्न कार्यक्रममा भेट भएको बेला फोटो लिइहाल्ने र सम्बन्ध बनाउँदै बागर्नेनिङ समेत गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका १९ जनालाई

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी

काठमाडौँ, २८ बैशाख । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक