८० किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौँ, २६ जेठ । अवैध लागुऔषध गाँजा करिब ८० किलोसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट उक्त परिमाणको गाँजासहित शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१० का २५ वर्षीय मानबहादुर वाइवा र मकवानपुरको राक्सिराङ गाउँपालिका–५ का २६ वर्षीय सुमन स्याङताङ छन् । उनीहरू बा१०च ३६१९ नम्बरको कारमा मनहरीबाट पथलैयातर्फ जाँदै थिए ।

प्रहरी जाँचका क्रममा डिकीमा लुकाइछिपाइ राखिएको उक्त परिमाणको गाँजा फेलापरेको थियो । त्यसपछि कारका चालक मानबहादुर र त्यसमा सवार सुमनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने