६९ जिल्लामा डेङ्गु संक्रमण, काठमाडौँ र झापा रेड जोनमा

काठमाडौँ, २५ जेठ । सन् २०२४ को सुरूदेखि जुन पहिलो सातासम्म देशभरका ६९ जिल्लामा डेङ्गु संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यही जुन ५ सम्म ६९ जिल्लामा डेङ्गु पुष्टि भइ एक हजार १०५ जनामा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये सबैभन्दा धेरै ३४.८ प्रतिशत वाग्मती र २३.९ प्रतिशत कोसी प्रदेशका छन् । ईडीसीडीका अनुसार, काठमाडौँमा सबैभन्दा धेरैमा संक्रमण भएको छ । यो अवधिमा काठमाडौँमा ११२, झापामा १०९, चितवनमा ७३, मकवानुरमा ५८ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुगु, डोल्पा, जुम्ला, बैतडी, मनाङ, मुस्ताङ, सिरहामा भने यो वर्ष हालसम्म डेंगी रेडर्क नभएको ईडीसीडीले जनाएको छ ।

सन् २०२३ मा नेपालमा ५२ हजार ७०० जनामा डेङ्गु पुष्टि भएको थियो । डेङ्गु संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले