आजदेखि बैतडीमा पोलियोविरुद्धको खोप लगाइँदै

काठमाडौँ, १६ जेठ । आजदेखि बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ ।

जिल्लाका सात सय ६० केन्द्रबाट भोलिदेखि खोप अभियान सञ्चालन हुन लागेको हो । जिल्लाका १२ हजार आठ सय ३५ बालबालिकालाई आइपिभी खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तीर्थ भट्टले जानकारी दिए । उनका अनुसार जिल्लाभित्र विसं २०७३ वैशाखदेखि विसं २०७५ असोजसम्म जन्मेका बालबालिकालाई खोप लगाइने छ ।

देशभरि सञ्चालन भइरहेको खोप अभियान बैतडीमा भने आजदेखि जेठ २३ गतेसम्म हुने भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिष भट्टले जानकारी दिए । खोप अभावका कारण यसअघि छुटेका बालबालिकालाई पोलियोको जोखिम हुने भएकाले अभियान सञ्चालन गरी सबैलाई खोप लगाउने तयारी भएको उनको भनाइ छ । नजिकको खोप केन्द्रमा गएर आफ्ना बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने