करिब दुई लाखमा परीक्षण गर्दा १ हजार ५ सय बढीमा एचआईभी एड्स पुष्टि

काठमाडौँ, १४ जेठ । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स सङ्क्रमित रहेको पाइएको छ । 

अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख छ । यो चालु आर्थिक वर्षको फागुनसम्मको आँकडा हो । 

सो अवधिमा ३५ हजार ४३ एचआईभी सङ्क्रमितलाई एन्टी रेट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको छ । गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटी सिटी) कार्यक्रममा आबद्ध ६१ गर्भवती महिलासहित २३ हजार ७ सय ६० सङ्क्रमितलाई एआरटी केन्द्रबाट औषधि वितरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । असार लागेसँगै केही स्थानमा मनसुन सक्रिय हुन थालेको छ । वर्षाका कारण केही जिल्लामा बाढीपहिरो पनि आएको

काठमाडौँ, ११ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्‍याउने

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस