नेपाली दूतावासले मनायो चीनमा बुद्ध जयन्ती

काठमाडौँ, १० जेठ । चीनस्थित नेपाली दूतावासले २५६८ औँ बुद्ध जयन्ती मनाएको छ । बुद्ध जयन्तीको अवसरमा त्यहाँस्थित दूतावासमा आयोजना गरिएको कार्यक्रममा राजदूत, कूटनीतिज्ञ, विभिन्न सङ्घ संस्थाका चिनियाँ नागरिक, चीनमा बसोबास गर्ने नेपाली समुदायका सञ्चारकर्मीलगायतको उपस्थिति रहेको  नेपाली दूतावासले जनाएको छ ।

नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बुद्धका उपदेशले सम्पूर्ण मानव जातिलाई सभ्य, करुणामय, नैतिक र सार्थक जीवन बिताउन प्रेरित गर्ने बताए । पञ्चशीलको सिद्धान्तमा निहित दुई देश बिचको लामो समयदेखिको सम्बन्धले बौद्ध आध्यात्मिकताको प्रतीक रहेको बताउँदै उनले विश्वले सामना गरिरहेको विश्वव्यापी चुनौतीहरूको सामना गर्न बुद्धको उपदेश सार्थक हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर