पाँच किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ, १० जेठ । सर्लाहीबाट लागुऔषध पाँच किलो गाँजासहित एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार महोत्तरीको जलेश्वर नगरपालिका-९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंहलाई पक्राउ गरेको हो ।

उनलाई बुधबार अपराह्न साढे ४ बजे लालबन्दी बजारस्थित बर्गर हाउस नजिकबाट नियन्त्रणमा लिइएको हो । चेकजाँच गर्दा गाँजा फेला परेपछि नागेन्द्रलाई पक्राउ गरिएको उनले बताए । उनको साथमा रहेको प्लाष्टिकको बोरामा रहेको ५ किलो गाँजा बरामद भएको छ ।

उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर