तीन रणनीतिसहित चौलागाई प्रतिष्ठानद्वारा पाँच जिल्लाको भ्रमण

काठमाडौँ, ८ जेठ । चौलागाई प्रतिष्ठान समितिले आफ्नो तीन महत्वपूर्ण रणनीतिसहित कणाली प्रदेशका पाँच जिल्लाहरुको भ्रमण गरेको छ ।

प्रतिष्ठानले आफ्नो बंशावली प्रकाशनका लागि अनुसन्धान, पुजा विधि अनुसन्धान र कर्णाली प्रदेशका बन्धुहरुसँगको सद्भाव र सहकार्यको लागि भन्दै पाँच जिल्लाको भ्रमण गरेको हो । प्रतिष्ठानका अध्यक्ष डा. रमेश चौलागाईको नेतृत्वमा उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका १६ जनाको टोलीले कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्लाको अध्ययन भ्रमण बैशाख २२ गतेदेखी जेठ १ गतेसम्म गरेको हो । सो क्रममा रारा ताल लगायतका प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमण गरेको छ ।

जुम्ला जिल्ला चौलागाईहरुको उद्गम थलोको रुपमा समेत लिने गरिएको छ । सो स्थानबाट नेपाली भाषाको विकास र लिपीलाई स्थापित गराउन चौलागाईहरुको पुर्खाको विशेष नेतृत्वदायी भूमिका रहेको समेत इतिहास वा किम्वदन्तीमा रहेको पाइन्छ ।

सो विषयलाई समेत अध्ययन अनुसन्धान गरीएको उपमहासचिव बाबुराम चौलागाईले जानकारी दिनुभयो । सो क्रममा सिंगलाल चौलागाई डोल्पा र टेक प्रसाद चौलागाई दैलेखको जिल्ला कमिटी समेत गठन गरिएको उपमहासचिव चौलागाईले जानकारी दिनुभयो ।

जुम्ला गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले स्वागत उक्त पाँच जिल्लाहरुका वस्तीमा चौलागाईहरुको वाहुल्यता रहेको छ । सो क्रममा पश्चिमेली संस्कृति देउडा, मंगलगान बजाएर टोलीलाई स्वागत गरिएको थियो । अध्ययन अनुसन्धानका क्रममा समितिका अध्यक्ष डा. रमेश चौलागाईले प्रतिष्ठानको नीति, विधान र प्रतिष्ठानले खेल्नुपर्ने भूमिकाको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । उपमहासचिव बाबुराम चौलागार्यले भ्रमणको उद्देश्यको बारेमा आफ्नो धारणा राख्नुभयो ।

प्रतिष्ठानको प्रयासले आर्यखस संस्कृति अन्तर्गत भारद्वाज ऋषिका सन्ततीहरूमध्ये भारद्वाज गोत्रीय चौंलागाईंहरूलाई एउटै छातामुनी गोलबद्ध गर्दै आ–आफ्ना धर्म, पेशा, लिङ्ग, क्षेत्र र अवस्थाहरूबीच तटस्थ रही सामुहिक पहिचान, अर्थ–सामाजिक उत्थान, पारस्परिकता, समन्वय, सहयोग, सद्भाव र सदाचार कायम राख्न अद्वितीय भूमिका खेल्ने मूल उद्देश्य बोकेको छ ।

सोहि उद्देश्य अनुसार भ्रमण अनुसन्धान भ्रमणका क्रममा पूर्वका क्षेत्रमा चौलागाईहरुले अन्तरजातीय विवाह गर्दा खत्री, केसी बनाए जस्तै पश्चिममा हमाल भन्ने गरिएको पाइएको छ । त्यस्तै संस्कारमा अत्यन्तै विश्वास राख्ने चौलागाईले दाजुभाईलाई नमस्कार गर्ने भन्दा पनि साइनो अनुसार आशिर्वाद दिने लिने प्रणालीको विकास रहेको उपमहासचिव चौलागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको