काठमाडौँ, २८ वैशाख । औषधि व्यवस्था विभागले नेपाली कम्पनीका दुई एन्टिबायोटिक औषधि बिक्रीमा रोक लगाएको छ ।
रुपन्देहीको एसियन फर्मास्युटिकल्स र बाराको नेसनल हेल्थकेयरद्वारा उत्पादित सेफोडक्जिम सिरपका दुई ब्याचको औषधि बिक्री तथा प्रयोगमा रोक लगाइएको हो ।
एसियन कम्पनीको इन्सेफ ड्राइ सिरपको ब्याच नम्बर आईएनडीएफ ९०२९ र नेसनलको प्रोडोक्जिम-१०० ड्राइ सिरपको ब्याच नम्बर पीडीडीटी २२०४९ कम गुणस्तरको पाइएको विभागले जनाएको छ ।
