जनतालाई आशा भरोसा जगाउने बजेट ल्याउने तयारी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि १८ देखि १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी रहेको बताएका छन् ।

शनिवार काठमाडौँमा भएको माओवादी केन्द्रको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले बजेट सिलिङ बनिसकेको र त्यसको तयारीमा लागिपरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले जनतालाई आशा भरोसा जगाउने खालको बजेट ल्याउने तयारी गरेको जानकारी गराएका छन् । 

दलका सांसदहरूलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘बजेटको सिलिङ बनिसकेको त छ तर सिलिङ केही बढ्छ, अहिले त्यसको तयारी भइरहेको छ । १८ खर्बको बजेट ल्याउने निश्चित भए पनि त्यसमा थप एक खर्ब बढ्न सक्छ । जनतालाई आशा र भरोसा बढाउने लोकप्रिय बजेट बनाउनका लागि आवश्यक तयारी गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने पार्टी

काठमाडौँ, ५ जेठ । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने

काठमाडौँ, ५ जेठ । घरजग्गा, अटो बजार र सेयर बजारलाई राहत हुने गरी नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक

काठमाडौँ, ४ जेठ । नेपाल राष्ट्र बैंकले घरजग्गा किन्न सहज व्यवस्थासहित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । आज