मेस्सीको ‘न्यापकिन कनट्र्याक्ट’ १३ करोड रुपैयाँमा बिक्री

लण्डन, ५ जेठ । बार्सिलोनाले १३ वर्षीय लियोनेल मेस्सीलाई अनुबन्ध गर्नका लागि एउटा न्यापकिनमा गरेको करार लिलामीमा ७ लाख ६२ हजार ४०० पाउन्ड (करिब १३ करोड रुपैयाँ) मा बिक्री भएको छ ।

१६.५ बाई १६.५ सेन्टिमिटरको फ्रेममा लेमिनेसन गरेर राखिएको उक्त न्यापकिनको सुरुवाती मूल्य ३ लाख पाउन्ड रहेको थियो । निलो मसीले सन् २००० को डिसेम्बरमा हस्ताक्षर गरिएको न्यापकिनमा बार्साका तत्कालीन निर्देशक कार्लेस रेस्याचले मेस्सीलाई अनुबन्ध गर्ने प्रतिबद्धता जनाएका छन् ।

उक्त करारमा ट्रान्सफर एडभाइजर जोसेप मिनगुएला र एर्जेन्टिनी युवा खेलाडीलाई सिफारिस गर्ने एजेन्ट होरासियो गागिवलीले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः