कच्चा दूधमा बर्ड फ्लूको ‘एचफाइभ एनवान’ सङ्क्रमण

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि सङ्क्रमित स्तनधारीको सङ्ख्यामा वृद्धि भएको थियो । सङ्क्रमित जनावरको दूधमा पनि यो भाइरस देखिएको छ । तर विज्ञहरुले दूधमा भाइरस कति समयसम्म बाँच्न सक्छ भनेर अनुसन्धान गरिरहेका समाचार संस्था एएफपीले जनाएको छ । दुध शुद्ध पार्ने प्रक्रिया ‘पाश्चराइजेशन’ले यो भाइरसलाई मार्न सक्ने उल्लेख छ ।

यस प्रकारको इन्फ्लुएन्जाको लागि अति संवेदनशील नठानिएका गाई र बाख्राहरूमा समेत सङक्रमण भेटिनु अर्को चुनौतीको बिषय बनेको डब्लुएचओले जनाएको छ । अमेरिकी अधिकारीहरूले यसै महिनाको सुरुमा टेक्सासको एक डेरी फार्ममा काम गर्ने एक व्यक्ति पशुको सम्पर्कमा आएपछि बर्ड फ्लुबाट सङ्क्रमण भएर मुक्त भएको बताएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनको ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेनकिङ झाङका अनुसार टेक्सासमा गाईबाट एभियन इन्फ्लुएन्जा मानिसमा सङ्क्रमण भएको यो पहिलो घटना हो । जेनेभामा भएको पत्रकार सम्मेलनमा चराबाट गाई, गाईबाट गाई र गाईबाट चरामा सर्ने सङ्क्रमण प्रकोपको रुपमा भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । दाङमा जुवातास खेलिरहेको अवस्था ८ जना पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने

काठमाडौँ, १ जेठ । बझाङमा १६ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार

फाइल फोटो काठमाडौँ, १ जेठ । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ ।

वीरगञ्ज, १ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।  वीरगञ्ज महानगरको निर्णयअनुसार