काठमाडौँ, २९ चैत । लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ का ३५ वर्षीय मनोज राई र काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ का ३० वर्षीय रवीन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राई लागुऔषध खैरो हेरोइनको कारोबारी भएको प्रहरीले जनाएको छ । राईको साथबाट प्रहरीले ४१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । यस्तै, १० ग्राम खैरो हेरोइन बिक्री गरेबापत प्राप्त ४३ हजार रुपैयाँ समेत बरामद गरिएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका मध्ये राई भारतीय सेना (गोर्खा रेजिमेन्ट)मा कार्यरत सिपाही रहेको खुलेको छ । उनीमाथि थप अनुसन्धान जारी छ ।