काठमाडौँ, २८ चैत । गर्मीयामसँगै डेंगु संक्रमण बढ्न थालेको छ ।
इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार काठमाडौँमा १ देखि ६ अप्रिलसम्म १२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
महाशाखाको अर्लि वार्निङ रिपोर्टिङ सिस्टम (इवार्स)को साप्ताहिक बुलेटिनमा पछिल्लो साता काठमाडौँमा सो संख्यामा डेंगी संक्रमित देखिएको उल्लेख छ ।
बुलेटिनअुनसार सो साता देशभर ४० जना संक्रमित थपिएका छन् । सन् २०२४ यता ६ अप्रिलसम्म देशभर ५५९ जनामा डेंगु पुष्टि भएको इडीसीडीले जनाएको छ ।