‘शान्ति सैनिकहरूको देश’ भनेर परिचित गराउन नेपाली सेनाको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई ‘शान्ति सैनिकहरूको देश’ का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाले महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

आज स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट साङ्गठनिक क्षमताका आधारमा नेपाली शान्ति सैनिकहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति दूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ महत्त्वपूर्ण योगदान गरेको बताए । 

उनले भने, “देशभित्र विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, विकास निर्माणका कार्यहरू एवं सङ्कटको समयमा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले पुर्‍याउँदै आएको योगदान महत्त्वपूर्ण छ,” “सैनिकहरूले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति दूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ पुर्‍याएको योगदानले नेपाललाई ‘शान्ति सैनिकहरूको देश’ को रूपमा विश्वसामु परिचित गराएको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।