परमेश्वरको मण्डलीद्वारा १३०३औँ विश्वव्यापी रक्तदान

काठमाडौँ, २७ चैत । परमेश्वरको मण्डली इमाडोलद्वारा निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १३०३औँ विश्वव्यापी रक्तदान अभियान सम्पन्न भएको छ ।

परमेश्वरको मण्डलीचाहिँ माता परमेश्वरलाई विश्वास गर्ने अनि पवित्र र निस्वार्थ माताको प्रेम सारा संसारमा बाँड्ने त्यस्तो पवित्र संस्था हो । १७५ वटा देशहरुमा फैलिएको साथै ७ हजार ५ सय भन्दा बढी मण्डली रहेको छ । यस मण्डलीले निरन्तर स्वयंसेवाका गतिविधिहरु निरन्तर गर्दै आइरहेको छ । मण्डलीले संसारमा रगतको अभावमा एक जना मानिस पनि नमरुन भन्ने उद्देश्यका साथ विश्वव्यापी रुपमा रक्तदान कार्यक्रम गरिरहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथी नवराज सिलवालले भन्नुभयो “आफू प्रहरी प्रशासन चलाउँदा यो संसारमा अपराध र आपराधिक कार्य गर्ने मानिस धेरै छन भन्ने सोचाइले डर लाग्थ्यो । यो संसार अब सकिन्छ होला जस्तो लाग्थ्यो । तर फेरी संसार त चल्दै छ भन्ने सोच्दा कसरी होला भन्ने सोच्थे । योचाहिँ अपराध गर्ने मानिस मात्रै नभएर असल काम गर्ने मानिस थोरै भएपनी अस्तित्वमा भएकोले गर्दा हो भन्ने बुझ्न सकेँ । यहाँहरु जस्तो असल मानिसहरु हुनुभएकोले संसार चलायमान हुन सकेको हो । यहाँहरुको हरेक असल काममा समर्थन र साथ छ ।”

परमेश्वरको मण्डलीको आयोजना साथै रेडक्रसको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा परमेश्वरका मण्डलीका ४०० भन्दा बढी सदस्यहरुको सहभागीता थियो । उक्त रक्तदान कार्यक्रममा २२४ पिन्ट रगत संकलन भयो । उक्त कार्यक्रममा वडा न. १ का वडा अध्यक्ष छिरिङ लामा, जिल्ला समन्वय समितिका उप-प्रमुख राम लाल थिङ, महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जन, पुर्व डिआजी, साम्सद तथा एमाले बागमती प्रदेश कमिटीका सचिव नवराज सिलवालको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।