काठमाडौँ, २७ चैत । महोत्तरीको मटिहानी–८ स्थित एक उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गएराति मटिहानीबजारमा सञ्चालित दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाखभन्दा बढीको धनमाल नष्ट भएको हो ।
आगलागीबाट फर्निचर र उद्योगका कच्चा पदार्थ क्षति भएको छ । आगो मटिहानी नगरपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको सहयोगमा निभाइएको थियो ।