डेंगु सङ्क्रमणबाट सजगता अपनाउन विज्ञको सुझाव

काठमाडौँ, २६ चैत । एडिज जातका लामखुट्टेको टोकाइबाट डेंगु सर्दछ । एडिज जातका लामखुट्टे सफा पानीमा जम्मा हुने भएकाले जुनसुकै भाँडोमा हुर्कन सक्छ ।

एडिज जातको लामखुट्टेले जुनसुकै समयमा टोक्ने सम्भावना भएकाले डेंगुबाट जोगिन सचेत हुनु पर्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको सुझाव छ ।

डेंगुबाट जोगिन निम्न कुरामा ध्यान दिनुपर्दछ:

–पूरा बाहुला भएको लुगा लगाउने

–झुलभित्र सुत्ने

–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने

–घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने

–खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने

–गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा साताको एक पटक फेर्ने

–साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा लामखुट्टेले नटोकुन् भनेर विशेष सावधानी अपनाउने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, सुनसरी, तनहुँ, झापा, धादिङ, कास्की, मोरङ लगायतका क्षेत्रमा बढी डेंगु सङ्क्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।