ॐ हस्पिटलमा ल्यापारोस्कोपिक सर्जरी कार्यशाला सम्पन्न

काठमाडौँ, २३ चैत्र । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा स्त्री तथा प्रसुती विशेषज्ञ चिकित्सकहरुका लागि ल्यापारोस्कोपिक सर्जरी विषयक कार्यशाला सम्पन्न भएको छ ।

स्त्री तथा प्रसुती विशेषज्ञ चिकित्सकहरु स्त्री तथा प्रसुती विशेषज्ञ चिकित्सकहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले नेपाल सोसाइटीअफ अव्सटेट्रिसियन एण्ड गाइनेकोलोजिष्ट (नेसोग) सँगको सहकार्यमा आयोजना गरिएको सो कार्यशालालाई सम्बोधन गर्दै ॐ हस्पिटलका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले यस किसिमको उच्च स्तरिय कार्यशाला ॐ हस्पिटलमा गर्ने अवसरका लागि नेसोग परिवार र संलग्न विशेषज्ञहरु प्रति आभार व्यक्त गर्नुभयो ।

ॐ हस्पिटलले अत्याधुनिक प्रविधि सहितको उपचारलाई सधैं प्राथमिकतामा राखेको र अस्पतालले प्रविधि पूर्वाधार र जनशक्तिका क्षेत्रमा हरसम्भव साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतमको अगुवाईमासञ्चालित कार्यशालामा रुपमा वरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञहरु डा. सरिताखाइँजुर डा. रङ्गिना लाइकाङ्बमले बेसिक ल्यापारोस्कोपि, ल्याप हिस्टेरेक्टोमी, ल्यापसिस्टेक्टोमीलगायत ल्यापारोस्कोपिक सर्जरीका विविध आयामहरु बारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ । प्रधानमन्त्री बालेन

काठमाडौँ, ७ मंसिर । आज सेयर बजार परिसूचक नेप्से २.२६ अंक बढेर २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको