तीन करोड खर्चिएर स्वास्थ्य शिविर गर्ने

काठमाडौँ, १५ चैत । खोटाङ जिल्लाको विभिन्न स्थानमा ३ करोड खर्चिएर स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । खोटाङ सेवा समाज बेलायतले आफ्नो जन्मभूमि खोटाङका १० वटै स्थानीय तहका ११ स्थानमा विशिष्ट स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकको उपस्थितिमा २ दिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । 

विगत ६ महिना अघिदेखि सामाजिक अभियान चलाएर मातृभूमिका नागरिकहरूको सेवा भावको अभियानमा समाजले २ वटा कार्यक्रम बेलायतमा आयोजन गरी करिब १२ हजार पाउन्ड रकम सङ्कलन गरेको थियो । साथै यो अभियानका लागि विश्वका विभिन्न देशका नेपालीहरूबाट करिब ७० लाख जति सङ्कलन भएको छ । 

खोटाङ सेवा समाज बेलायतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट सङ्कलितसहित करिब ३ करोड १० लाख रुपैयाँ बराबरको रकम शिविरमा खर्च गरिने भयएको छ ।  चैत १५ देखि २४ गतेसम्म चल्ने शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकहरू सहित १३० जनाभन्दा बढी मेडिकल टिमको सहभागिता रहने बताइएको छ । 

शिविरमा गाईनोक्लोजिस्ट, पेडियार्टिक, जनरल फिजिसिन, दन्त रोग, हाजजोर्नी, ग्यास्ट्रोलोजीलगाएत रोगको उपचार र परीक्षण गरी करिब ४५–५० हजार खोटाङेहरुलाई स्वास्थ्य परीक्षण र औषधीवितरण निःशुल्क गरिने समाजले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक